सरस्वती पूजा धूमधामका साथ मनाइदै (फोटो फिचर)





जनकपुरधाम ।
आज हिन्दु धर्माबलम्बीहरुले विद्याकी अधिष्ठात्री देवी माता सरस्वतीको पूजा अराधना गरी वसन्त पञ्चमी मनाउँदै छन् ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी माता सरस्वतीको पूजा अराधना गर्ने परम्परा रहेको छ । जनकपुरधामको विभिन्न विद्यालय, कलेज, शैक्षिक प्रतिष्ठानका साथै चोक चोकमा सरस्वती पूजाको आयोजना गरिएको छ ।