Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनको मूल्य ४दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो





काठमाडौँ ।
चार दिनयता सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारयता सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार गत बिहीबार तोलामा १ लाख ६० हजार ५०० कायम भएको छापावाल सुनको मूल्य त्यसको भोलिपल्ट साताको कारोबारको अन्तिम दिन तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै शनिबार सोही पनि सोही मूल्य कायम भएको सुनको मूल्य आइतबार र सोमबार पनि समान मूल्य निर्धारण भएर कारोबार भएको महासंघले जनाएको छ ।
महासंघले चाँदीको मूल्य भने घटेको जनाएको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको हो । यस आधारमा चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँ घटेको छ ।