Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इंग्ल्याण्डविरुद्धको टी–२० शृङ्खलामा भारतको फराकिलो जित, अभिषेकले बनाए विस्फोटक १३५ रन





एजेन्सी ।
अन्तिम तथा पाँचौँ टी–२० खेलमा भारतले इंग्ल्याण्डलाई १५० रनले हराएको छ । आइतबार राति भएको खेलमा भारतले दिएको २४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ११ औँ ओभरको तेस्रो बलमा अन्तिम विकेट गुमाउँदै ९७ रनमा सीमित भएको हो ।
इङ्गल्यान्डका लागि फिल साल्टले २३ बलमा ५५ रनको योगदान गरे । पार्ट टाइम बलर शिवम् दुबेको बलमा आउट हुनु अघि उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए । चोटबाट फर्किएका मोहम्मद सामीले ३ विकेट लिए भने दुबेको साथमा अभिषेक शर्मा र वरुण चक्रवर्तीले समान दुईदुई विकेट लिए ।
यस अघि भारतले अभिषेक शर्माको १३५ रनको सहयोगमा ९ विकेटको क्षतिमा २४७ रनको विशाल योगफल खडा गरेको थियो । १८ औँ ओभरको अन्तिम बलमा अदिल रसिदको बलमा आउट हुनु अघि उनले ५४ बलको सामना गर्दै ७ चौका र १३ छक्का प्रहार गरेका थिए । उनी खेलका म्यान अफ द म्याच घोषित भए ।
श्रङ्खला भारतले ४–१ ले जितेको छ । यस शृङ्खलामा वरुण चक्रवर्ती म्यान अफ द सिरिज घोषित भए ।