Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसकेन्द्रित दलको बैठकमा नाउपा दलको कार्यालयमा बस्दै





काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)सहित मधेश केन्द्रित दलहरुको संयुक्त बैठक आज बस्दै छ । थारु–मधेश केन्द्रित आठ दलीय मोर्चा बनाउने प्रयासमा रहेका नेताहरुको संयुक्त बैठक आज दिउँसो एक बजे नाउपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि अपनाउने रणनीतिबारे छलफल गर्न आठ दलको बैठक बस्न लागेको सो पार्टीका नेताहरुले बताएका छन् ।
‘समान विचारवाहक आठ दलीय मोर्चाको काम कर्तव्य र अधिकारका साथै भावी योजनासम्बन्धी छलफलका लागि आठ दलबाट कार्यदलका सदस्य र वार्ता टोली संयोजकहरुलाई बैठकमा बोलाइएको छ,’ राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका नेता केशव झाले भने ।
नाउपाका संरक्षक रेशम चौधरीले मधेश केन्द्रित दलहरुको मोर्चाबारे एकअर्काको धारणा बुझ्न बैठक राखिएको बताए । ‘मोर्चामा नाउपाका एजेन्डा सम्बोधन हुन्छन् कि हुँदैनन् भन्ने हाम्रो मुख्य चासो छ’, चौधरीले भने ।
बैठकमा जसपाबाट रेणु यादव र मोहम्मद इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, नाउपाबाट गंगाराम चौधरी र लालविर चौधरीलाई बोलाइएको छ ।
यसैगरी लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण, रामुपा नेपालबाट राम नरेश राय र केशव झा, तमलोपाबाट वृषेश चन्द्र लाल र ब्रज किशोर सिंह तथा जनता प्रगतिशील पार्टीबाट शिवजी यादवलाई पनि बैठकमा बोलाइएको छ ।