Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुखसहित पाँच जना पक्राउ





काठमाडौ।

डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुख पक्राउसहित पाँच जनालाई पक्राउ गरेको छ ।

म्याग्दीको कुमारी बहुउदेश्यीय सहकारी संस्थाको  डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

जसमा जिसस प्रमुख राजकुमार थापा, मन प्रसाद थजाली, रुद्र बहादुर गुरुङ, थम बहादुर गर्वुजा र देवी कुमारी थापा रहेका छन् ।

उनीहरूलाई म्याग्दी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई नियन्त्रणमा लिइएको म्याग्दी प्रहरीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए । उनका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।