

जनकपुरधाम ।
महोत्तरीको गौशालामा एक महिलाको विभत्स हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नं ८का अभिषेक यादवकी श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
हत्या भएको अवस्थामा खुश्बुको शव गौशाला नगरपालिका वडा नं ५मा विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर खेतमा फेला परेको महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवारले जानकारी दिए ।
राति घरबाट निस्केकी खुश्बुको शव आज बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको हो ।
