

काठमाडौँ ।
विराटनगरको रानीबाट मानव खप्पर र नलीखुट्टासहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
बिहान भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा रानीस्थित २ नम्बर ढाटबाट ३८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टा सहित एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का विनोद राय रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति भारतबाट नेपालतर्फ आउने क्रममा रिक्सामा खानतलासी गर्दा ठूलो परिमाणमा कंकाल खप्पर र नली खुट्टा बरामद गरेको शसस्त्र प्रहरी ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिले ती कंकालहरू के प्रयोजनका लागि कहाँ लगेका हुन् भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
