क्रिकेटर गुलशन झाले गरे प्रयागराज कुम्भमा गंगा स्नान





जनकपुरधाम ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुलशन झाले भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा गंगा स्नान गरेका छन् ।
प्रयागराजमा चलिरहेको महाकुम्भमा सपरिवार पुगेर क्रिकेटर झाले गंगा स्नान गरेका हुन् । गुलशनसंगै उनको आमा बुवा भाई र बहिनीले पनि कुम्भको संगममा पुगेर पनि स्नान गरेका हुन् ।
गुलशन नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर खेलाडी हुन् । उनी नेपाली क्रिकेटमा ब्याटिङ्ग र बलिङ्ग दूबैमा योगदान गर्दै आईरहेका हुन् ।