Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकामा फेरी विमान दुर्घटना





एजेन्सी ।
अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको भीडभाड भएको क्षेत्रमा एउटा सानो विमान दुर्घटना हुँदा धेरै घर र सवारी साधनमा आगलागी भएको छ । विमान दुर्घटनाका कारण जमिनमा रहेका मानिसहरू पनि घाइते भएको खबर छ ।
शुक्रबार साँझ दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । विमानमा ६ जना मानिस सवार थिए । उक्त विमान मेडिकल ट्रान्सपोर्टेसन मिसनमा रहेको र विमानमा डाक्टरहरुसहित एक बिरामी बालक रहेको बीबीसीको अमेरिकी सहयोगी सीबीएसले उल्लेख गरेको छ ।
विमान दुर्घटनाको कारण भने खुल्न सकेको छैन । सीबीएस न्यूजका अनुसार रुजवेल्ट मलबाट केही दूरीमा यो विमान दुर्घटना भएको हो । यो पेन्सिलभेनिया सहरको घना आबादी भएको क्षेत्रमा अवस्थित तीन तले किनमेल केन्द्र हो ।
संघीय उड्डयन प्रशासनका अनुसार, लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया एयरपोर्टबाट साँझ ६ः३० बजे (स्थानीय समय) मा उडेको थियो । करिब ६ किलोमिटर उडेपछि विमान दुर्घटनाग्रस्त भएको थियो ।
बुधबार वासिङ्टन डिसीमा आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाकै मृत्यु भएको थियो । रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको जेट विमान ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो ।
हालसम्म कम्तीमा २८ शव निकालिएको अधिकारीहरूले बताए । विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए भने हेलिकप्टरमा तीन सैनिक थिए ।