Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वाग्रहका साथ खनियो : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्ले





काठमाडौ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले लामिछानेमाथि लगाइएको निलम्बनप्रति पनि आपत्ति जनाएका हुन् ।

उनले अहिले रास्वपा चरणबाट गुज्रिरहेको र पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको जिकिर गरे । छिटै रास्वपाको चौथौँ चरण सुरु हुने र सबैले पार्टीको अस्तित्वलाई स्वीकार गर्ने उनको भनाई थियो ।

वाग्लेले संसदीय छानबिन समितिको प्रतिवेदनमा लामिछानेको नाम उल्लेख नभए पनि जबरजस्त संगठीत अपराधका नाममा फसाउने काम भएको धारणा राखे ।

उनले नेपालको जाँचबुझ आयोग गठन गरेर सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने र चलनचल्तीमा आएका सबै काण्डहरूको पनि एकएक गरेर छानबिन समिति माग्ने चेतावनी दिए ।

उनले दुई तिहाइको सामर्थ्य भएको वर्तमान सरकारले विधिको शासन स्थापित गर्न नसकेको पनि टिप्पणी गरे । उनले अध्यादेशलाई नियमित लयको रूपमा प्रस्तुत गर्न खोज्नु आपत्तिजनक रहेको बताए ।