

जनकपुरधाम ।
भारतको प्रयागराजमा कुम्भ मेलामा भएको भागदौडमा हराई रहेकी जनकपुरधाम उपमहानगरपालिकाका उपसचिव मेहीलाल यादव सम्पर्कमा आएका छन् । प्रयागराजस्थित कुम्भ मेलामा संगम स्नानका लागि पुगेकी उपसचिव मेहीलालका आमा केवलादेवी यादव सम्पर्कमा आएका हुन् ।
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १०स्थित खयरमाराकी यादव मौनी अमावस्याका दिन प्रयागराजस्थित संगम स्नानकालागि पुगेकी थिइन् । तर सो दिन भएको भागदौडको क्रममा उनी सम्पर्कविहिन भएकी थिइन् ।
सम्पर्कविहिन भएको दुई दिनपछि जनकपुरधामकै केही व्यक्तिका साथै सिरहाकै केही श्रद्धालुहरुको सम्पर्कमा मेरो आमा आई सकेकी छन्, मेहीलालले भने ‘आमालाई सिरहाकै श्रद्धालुहरुको टोली संगै जनकपुरधाम ल्याउने प्रयास भईरहेको छ ।’
नेपालबाट प्रयागराजस्थित कुम्भ मेलामा हजारौँको संख्यामा श्रद्धालुहरु पुगेका छन् । भागदौडको क्रममा समेत नेपालका विभिन्न जिल्लाबाट पुगेका श्रद्धालुहरु हराईरहेको समाचारहरु आईरहेका छन् । यसै क्रममा नेपाली श्रद्धालुहरु यहाँबाट गएका श्रद्धालुहरुलाई सहयोग समेत गरिरहेको सुखद समाचार आएको हो ।
