Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वीरगञ्जको नारायणी अस्पताल भवन निर्माणकालागि दवाब दिन संघर्ष समितिले धर्ना दिदै





वीरगञ्ज ।
वीरगञ्जको नारायणी अस्पताल भवन निर्माण संघर्ष समितिले धर्ना बस्ने कार्यक्रम तय गरेको छ । नारायणी अस्पताललाई ५सय शैय्याको बनाउन भवन निमार्णका लागि दवाव दिन धर्ना दिन लागेको हो ।
निर्माणकालागि टेण्डर भएपनि लामो समयदेखि निर्माण कार्य शुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा. निरज कुमार सिंहले बताए ।
उनका अनुसार विगत लामो समय देखि प्रयासरत रहदा पनि नारायणी अस्पतालको भवन निमार्ण हुन सकेन तर नेपालका अन्य केन्द्रिय अस्पतालहरुमा सोही ५०० शैयाको भवन निमार्ण भई कार्य संचालन समेत भैसकेको छ । नारायणी अस्पताल, वीरगंजको हाता भित्र ५०० शैयाको नविन भवन निमार्णका लागी दवाव दिन आज विहान ११ बजे शान्ती पूर्वक धर्नामा बस्ने कार्यक्रम भएको सिंहले बताए ।
यसको अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय पर्सालाई निवेदन दिईएको संघर्ष समितिका संयोजक सिंहले बताए ।