Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाल बारको चुनाव चैत २३ मा गर्ने निर्णय





 काठमाडौ। 

देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि आगामी चैत २३ गते हुने भएको छ।

नेपाल बारको बिहीबार बसेको कार्यसमिति बैठकले यो निर्णय गरेको अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए। उनका अनुसार बैठकले वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ।

अब देशभरका कानुन व्यवसायीले प्रत्यक्ष मतदान गर्ने चुनावबाट २७ ‍औँ कार्यसमिति चयन गर्नेछन्। कार्यसमिति २५ सदस्यीय हुन्छ।

नेपाली कांग्रेस र नेकपा एमालेनिकट संगठनहरू नेतृत्वका मुख्य दाबेदार छन्। यसपालि सरकारमा यी दुवै दलको गठबन्धन भएकाले बारमा कस्तो समीकरण बन्छ भन्ने स्पष्ट भइसकेको छैन।

हालै सर्वोच्च अदालत बार एसोसिएनमा कांग्रेस र एमालेनिकट संगठन आमनेसामने भएका थिए। कांग्रेसनिकट संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनका उम्मेदवार मेघराज पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए। नेकपा एकीकृत समाजवादीनिकट संगठनको पनि उनलाई साथ थियो।

यसअघि २०७८ चैतमा बारको चुनाव भएको थियो। त्यतिखेर नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो। उक्त गठबन्धनबाट हालका अध्यक्ष गोपालकृष्ण घिमिरेको प्यानलै विजयी भएको थियो। उनले ४ हजार ४७४ मत ल्याउँदा नेकपा एमालेनिकट  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारी २ हजार ४८२ मतले पारजित भएका थिए।

नेपाल बारमा प्रत्येक ३ वर्षमा नेतृत्व चयनका लागि निर्वाचन हुन्छ।