Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोर्चालाई बलियो बनाउन मधेस केन्द्रित दलहरूले बनाए कार्यदल





जनकपुरधाम ।
मधेसकेन्द्रित आठ दलले सबै सम्मिलित कार्यदल गठन गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको सबै दलबाट १÷१ जना हुने गरी कार्यदल बनाएका हुन् ।
बैठकले बैठकमा जसपा इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजि यादव र लोसपाबाट ब्रजेश सिंह रहेको कार्यदल गठन गरिएको छ ।
आठ दल सम्मिलित कार्यदलले साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगातयका कार्य गर्ने जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी गराए ।
जनमत प्रवक्ता यादवले भने,‘सरकारले ल्याएका विधेयकमा साझा धारणा बनाएर संसदमा रहेका दलले कस्तो रुपमा प्रस्तुत हुने बारेमा छलफल भएको छ । सामाजिक सञ्जाललाई नियमन भन्दा पनि नियन्त्रण विधेयक सरकारले ल्याएको छ । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न भएन ।’
बैठकमा साझा धारणा सार्वजनिक गर्न ढिला गर्न नहुनेमा सबै दल एकमत रहेको राष्ट्रिय मुक्ति मोचौका नेता केशव झाले जानकारी गराए ।
‘अब कार्यदलको नियमित बैठक बस्छ । अवधारणा, एजेण्डा कार्यदलले तय गर्छ,’ झाले भने,‘मोर्चाको कार्यहरुका लागि आचारसंहिता र मोडालिटी तयार गर्छौ. ।’