Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्व सांसद प्रमोद साहले त्यागे जसपा नेपाल





जनकपुरधाम ।
सर्लाही क्षेत्र न.१ का पूर्व सांसद प्रमोद साह पार्टी परित्याग गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै जसपा नेपालको केन्द्रिय सदस्य, संगठन बिभाग र पार्टीको सधारण सदस्य समेत नरह्ने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

२७ वर्षको मधेश केन्द्रित राजनीतिको लामो यात्रा पश्चात् पहिलो पटक राजीनामा दिएको उनले बताएका छन् । उनले पार्टी अध्यक्षमाथि विभिन्न आरोप समेत लगाएका छन् । जसपा नेपालको महाधिवेशनमा केन्द्रीय अध्यक्षले आफनो मन पर्ने व्यक्तिहरुलाई पदाधिकारी एवं कार्यकारिणीमा नियुक्त गरिँदा सर्लाहीबाट कोही नअटाएको उनले गुनासो गरे ।
उनले विज्ञप्तिमा भनेका छन्,‘यसै वर्ष अषाढमा जनता समाजवादी पार्टी नेपालको जनकपुरधाममा भएको महाधिवेशन हुँदा आफू पनि सचिव पदको उम्मेदवारी दिएको थिए तर पार्टी नेतृत्वका कारण चुनाव हुन सकेन र सवै अधिकार केन्द्रिय अध्यक्षमा निहित गरियो । तत् पश्चात् केन्द्रिय अध्यक्ष ज्युबाट आफ्नो मन पर्ने व्यक्तिहरुलाई पदाधिकारी एवं कार्यकारिणीमा नियुक्त गरियो । सर्लाही जिल्ला यी पदहरुबाट वञ्चित रहयो अर्थात हामी कतै अटाएनौं ।

यो कुराको विरुद्धमा म बोल्दै रहे । यसले गर्दा सर्लाही जिल्लाको संगठन विस्तारको कार्य अबरुद्ध हुँदै गयो । जसको बारेमा केन्द्रिय अध्यक्ष,प्रदेश अध्यक्ष एवं प्रदेश इन्चार्जहरु समेतलाई बारम्बार जानकारी गराउँदै रहे तर पनि कुनै किसिमको सुनवाइ भएन साथै मधेश राजनीतिको मूलभूत सिद्धान्त मुल्य मान्यतालाई समेत बिर्सदै गएको हुँदा आज मिति २०८१÷१०÷१७ गते बाट आफुले सम्हाल्दै आएको केन्द्रिय सदस्य, संगठन बिभाग र पार्टीको सधारण सदस्य समेतबाट २७ वर्षको मधेश केन्द्रित राजनीतिको लामो यात्रा पश्चात् पहिलो पल्ट राजीनामा गर्दछु ।’