Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अलिबाबाको एआईले डीपसीकलाई पनि पछि पारेको दाबी





चिनियाँ टेक कम्पनी अलिबाबाले बुधबार आर्टिफिसियल एन्टेलिजेन्स् (एआई)को नयाँ भर्सन सार्वजनिक गरेको छ ।

चिनियाँ नयाँ वर्षको अवसर पारेर अलिबाबाले ‘क्वेन २.५’ भर्सन सार्वजनिक गरेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

रोयटर्सका अनुसार अलिबाबाले सार्वजनिक गरेको यो एआईले भर्खरै सिलिकन भ्याली हल्लाएको एआई एप डीपसीकलाई पनि उछिनेको दाबी गरिएको छ ।

अलिबाबाको क्लाउड युनिटले आफ्नो आधिकारिक अफिसियल विच्याट अकाउन्टमा भनेका छन्, ‘क्वेन २.५ म्याक्सले जिपिटी- 4o, डीपसीक- भी ३ र लालमा ३.१-४०५Bले भन्‍दा उत्कृष्ट रुपमा काम गरिरहेका छन्। साथै ओपन एआई र मेटाका पछिल्लो अत्याधुनिक ओपन एआई मोठलहरूलाई पनि पछि पारेको एबलिबाले दाबी गरेको छ ।

यतिमात्रै नभएर डीपसीकको उदयले विदेशी मात्रै नभई घरेलु प्रतिस्पर्धी कम्पनीमा पनि दबाब सिर्जना गरिरहेको रोयटर्सले जनाएको छ ।

डिपसिकले गत जनबरी २०मा मात्रै आफ्नो लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम), आर १ सार्वजनिक गरेको थियो जसले सिलिकन भ्यालीमात्रै होइन एनभिडियाको १७ प्रतिशत शेयर नै नासडागबाट घटाइदिएको थियो ।

थोरै लगानीमा धेरै काम गर्न सक्‍ने एआईको आगमनले अहिले जाइन्ट टेक कम्पनीहरू गुगल, माइक्रोसफ्ट र ओपन एआईको टाउको दुखाइ बनेको छ ।