Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

माओवादी केन्द्रले सर्लाहीमा गर्ने भनिएको हडताल स्थगित





जनकपुरधाम ।
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई सरकारले झुटा वन मुद्दा लगाएर फसाउन खोजेको दावी गर्दै चरणवद्ध आन्दोलन गरिरहेको माओवादी केन्द्रले आजदेखि सर्लाहीमा गर्ने भनेको आम हड्तालको कार्यक्रम स्थगित गरेको छ ।
आज सहिद दिवस र भोलि तामाङ समुदायको सोनाम ल्होछार पर्व परेकाले आम हड्तालसहितका विरोधका कार्यक्रम तत्कालको लागि स्थगित गरिएको माओवादी सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेले जानकारी दिए । ‘हाम्रो पहिलो चरणको आन्दोलनका कार्यक्रम मंगलबारबाट सकिएका छन् । आजदेखि गर्ने भनिएको आम हड्तालसहितका कार्यक्रम तत्कालको लागि स्थगित गरेका छौँ,’ काफ्लेले भने, ‘सरकारले राजनीतिक प्रतिशोधका आधारमा हाम्रा जनप्रतिनिधिमाथि लगाएको झुटा आरोप खारेज नगरेसम्म आन्दोलन जारी रहन्छ । थप आन्दोलनका कार्यक्रम हामी पछि घोषणा गर्नेछौँ ।’
बागमती नगर क्षेत्रको खाली पर्ती जग्गामा सुकुम्बासी बस्ती बसाएको आरोप लगाउँदै जिल्ला वन कार्यालयले मेयर थापा र उपमेयर लीला मोक्तानविरुद्ध वन मुद्दा दायर गर्ने तयारी गरेको दाबी गर्दै माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो ।