Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहट प्रहरीद्वारा एकैदिनमा १८ जना फरार प्रतिवादी पक्राउ





रौतहट ।
फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले एकैदिनमा १८ जना प्रतिवादी लाई पक्राउ गरेको छ । प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको प्रहरी टोलीले मंगलवार जिल्लाको छुट्टाछुट्टै स्थानबाट एकैदिनमा १८ फरार प्रतिवादी लाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा जालसाजी मुद्दाका शेख वहिद, नेक महमद, मिर अली हुसैन, शेख तैयब, शेख जमिर, शेख अख्तर, शेख दमी अख्तर, शेख साहिद, शेख मेराज, ईस्लाम अन्सारी, र जुमन देवान रहेका छन् ।
त्यस्तै हातहतियार खरखजाना मुद्दाका नवलाकिशोर मुखिया, कुटपिट तथा गाली बेइज्जती मुद्दाका शेख जाकिर, चोरी मुद्दाका रामबालक मुखिया, कुटपिट मुद्दाका वीर बहादुर राय, बिगो मुद्दाका सिकिन्दर यादव, र किर्ते जालसाजी मुद्दामा जगरनाथ राय यादव पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन् ।
जिल्ला अदालत रौतहट बाट दण्ड सजाय तोकिएर फरार रही लामो समय पछि पक्राउ परेका प्रतिवादीहरू लाई फैसला कार्यान्वयन लागि मंगलवार जिल्ला अदालत गौरमा उपस्थित गराइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले झन्डै ३सय प्रतिवादी लाई पक्राउ गरी फैसला कार्यान्वयन लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराएको छ ।