Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेसको तराई-मधेश समन्वय विभागमा थप १० सदस्य मनोनीत





काठमाडौं।

नेपाली कांग्रेसले तराई–मधेश समन्वय विभागमा सदस्य थपेको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य किरण यादवको नेतृत्वमा रहेको विभागमा १० जना मनोनीत गरेका छन् ।

सोमबार थपिएका सदस्यहरुमा बाराका कृष्णवर्त सिंह, कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहामा अरूणकुमार सिंह, रौतहट रामकृपाल यादव, काठमाडौंकी दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरीलाई मनोनीत गरिएको छ ।

कांग्रेसले ५६ विभागका प्रमुख तोकेको छ। विभाग प्रमुख तोकिए पनि कतिपयमा भने सदस्य थपिएको छैन । विधानअनुसार प्रमुखसहित ५१ जना प्रत्येक विभागमा राख्न सकिने व्यवस्था छ ।