

जनकपुरधाम ।
काठमाडौंबाट धनुषाको जटही आइरहेको बसमा एक यात्रु मृत फेला परेको छ । बसमा मृत फेला पर्नेमा भारतको बिहार मधुबनी सिमरीका ५५ वर्षीय जगदीश यादव रहेका छन् ।
काठमाडौंबाट धनुषाको जटहीकालागि आईरहेको मधेश प्र.००४–००१ ख ०१५७ नम्बरको बसमा उनी धनुषाको ढल्केबर पुग्दा मृत फेला परेका हुन् । ढल्केबरमा सिटमै मृत फेला परेपछि बसलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । बस नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेको छ ।
