Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रदेशलाई बलियो बनाउन प्रहरीको ठूलो शक्ति प्रदेशमा पठाउनुपर्ने विचार कांग्रेस नेता विमलेन्द्र निधिले राखे

हामीले प्रदेशलाई अधिकार नदिए प्रदेशको काम के उहाँको प्रश्न





काठमाडौं ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघमा पाँच हजार मात्रै प्रहरी भए पुग्ने विचार राखेका छन् । संसदीय दलको बैठकमा सोमबार बोल्ने क्रममा नेता निधिले संघमा पाँच हजार प्रहरी राखेर बाँकीलाई प्रदेशमा समायोजन गर्नुपर्ने धारणा राखे ।

प्रहरीको संख्या हाल सशस्त्रमा ३६ हजार र जनपदमा ७९ हजार रहेका छन् । निधिले प्रदेशलाई बलियो बनाउन प्रहरीको ठूलो शक्ति प्रदेशमा पठाउनुपर्ने विचार राखेका हुन् ।

‘हामीले प्रदेशलाई अधिकार नदिए प्रदेशको काम के ? प्रहरी संघमा पाँच हजार भए पुग्छ । अरु संख्या प्रदेशमा पठाए हुन्छ,’ निधिको बोली उधृत गर्दै बैठकमा सहभागी नेताले भने ।

प्रहरीको हालसम्म समायोजन हुन सकेको छैन । निधिले संविधान संशोधनको प्रस्ताव छिटो संसदमा पेश गर्नुपर्ने विचार राखे ।

आइतबार देखि जारी कांग्रेसको संसदीय दलको बैठक माघ १८ गते सकिने भएको छ । सोमबारको बैठकमा सांसदहरुले आफ्ना गुनासा, सुझाव मन्त्रीहरु समक्ष राखेका थिए । १८ गते विहान बस्ने बैठकमा मन्त्रीहरूले आफ्ना कार्यबारे बताउने कार्यसूची बनाइएको छ ।