Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

त्रिविमा आकर्षण घटदो, फेरि परेन आवेदन





काठमाडौं।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन विभागको निर्देशक र सह-निर्देशकमा आवेदन नै नपरेपछि दोस्रोपटक आवेदन माग गरिएको छ ।

छनोट समितिले गत २४ पुसमा एकजना निर्देशक तथा तीनजना सहनिर्देशकको लागि आवेदन माग गरेको थियो । तर, एकजनाको पनि आवेदन परेन । त्यसपछि ७ माघमा दोस्रोपटक आवेदन माग गरिएको छनोट समितिका संयोजक नवराज अधिकारीले जानकारी दिए ।

‘पहिलोमा आवेदन नआएपछि दोस्रोपटक आह्वान गरेका हौं,’ छनोट समितिका संयोजक अधिकारीले भने । यसअघि त्रिविको केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि दुईजनाको मात्र आवेदन परेको थियो । छनोट समितिले तीनजनाको नाम सिफारिस गर्नुपर्नेमा दुईजनाको मात्र आवेदन परेको हो ।