Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोर्चा निर्माणकालागि राष्ट्रिय मुक्ति पार्टीद्वारा ७ सदस्यीय कार्यदल गठन





काठमाडौँ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले देशमा अग्रगामी परिवर्तनको लागि सङ्घर्षरत शक्तिहरू तथा राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरू बिच एक वृहत् संयुक्त मोर्चा निर्माण गर्ने भन्दै कार्यदल गठन गरेको छ । पार्टीले राम नरेश रायको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलका सदस्यहरूमा सुमन सायमी, केशव झा, सन्तोष कुमार मेहता, अनिल कुमार महासेठ, सिएन थारु र जुनतारा पुन मगर रहेका छन् । परिणाममुखी सङ्घर्षको निमित्त मौजुदा सङ्घर्षशील राजनीतिक शक्तिहरू बिच संवाद, सहकार्य, कार्यगत एकता तथा एकीकरण गरी बृहत् शक्ति निर्माण गर्नु आजको आवश्यकता रहेको पार्टीले ठहर गरेको छ ।

अध्यक्ष राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै पहिचान, समृद्धि, सुशासन र स्वाभिमानयुक्त नेपाल निर्माणका लागि सबै उत्पीडित समुदायहरूलाई गोलबन्द भई साझा सङ्घर्षमा आउन अपिल समेत गरेका छन् ।