Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अध्यादेशबारे जानकारी नगराइएको भन्दै कांग्रेस सांसदहरुको असन्तुष्टी





काठमाडौँ ।
नेपाली कांग्रेसका सांसदहरूले सरकारले ल्याएको अध्यादेशबारे पार्टीका सांसदहरूसँग कुनै छलफल नै नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । साथै उनीहरूले पार्टीका तर्फबाट मन्त्री भएकाहरूले पनि सांसदहरूसँग कुनै छलफल गर्ने नगरेको गुनासो गरेका छन् ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले यस्तो गुनासो गरेका हुन् । उनीहरूले बजेट कार्यान्वयनका सवालमा समेत प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले दोस्रो दिनको बैठकमा १७ जना सांसदले गम्भीर प्रश्नहरू उठाएको बताए ।
‘संसद् अधिवेशन, अध्यादेश, बजेट लगायतलाई लिएर आज सांसदहरूले प्रश्न उठाउनुभएको छ,’ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै घिमिरेले भने, ‘अत्यन्त महत्त्वपूर्ण र गम्भीर विचार माननीय सदस्यबाट आएको छ । बोल्ने क्रम जारी नै छ । ’
उनले सांसदहरू बोल्न बाँकी रहेकाले १८ गते बिहान ८ बजे बस्ने बैठकमा मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको बताए । सांसद रामहरि खतिवडाले अधिकांश सांसदले मन्त्रीहरूलाई राम्रोसँग काम गर्न आग्रह गरेको बताए । उनले अध्यादेश ल्याउँदा सांसदहरूसँग छलफल नगरेकोमा समेत प्रश्न गरेको बताए । उनीहरूको कुरा सुनेपछि सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई आगामी दिनमा सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका थिए ।