Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेशकेन्द्रित राजनीतिक दलहरूले मोर्चा बनाउनका लागि आठ सदस्यीय कार्यदल बनाउने





काठमाडौं ।

मधेशकेन्द्रित राजनीतिक दलहरूले मोर्चा बनाउनका लागि आठ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ ।

आज बसेको आठवटा राजनीतिक दलका नेताहरूको बैठकले आगामी बिहीबारसम्म प्रत्येक दलबाट कार्यदलमा रहने एक एक जना नेताहरूको नाम टुंग्याउने निर्णय गरेको हो ।

मोर्चाका गतिविधिमा सक्रिय राष्टिय मुक्ति पार्टी नेपालका नेता केशव झाका अनुसार बिहीबारसम्म कार्यदल बनाएर सबै दलका अध्यक्षसहितको बैठक बस्ने छ ।

उक्त कार्यदलले मोर्चाको अवधारणा, एजेन्डा र मोडल तय गर्ने छ ।

‘अवधारणा, एजेन्डा, मोडल तयार गरेर सबै अध्यक्षसँग छलफल गरेर बैठक गर्ने निर्णय भएको छ,’ झाले  भने ।

उनका अनुसार आजको बैठकमा जसपाबाट रेनु यादव, जसपा नेपालबाट मनिष सुमन, जनमत पार्टीबाट अब्दुल खान, लोसपाबाट सवेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी र गंगा चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा र सन्तोष मेहता, जनता प्रगतीशील पार्टीबाट हृदयश त्रिपाठी र डा. शिवजी यादव र तराई मधेश लोकतान्त्रिक पार्टीबाट वृषेशचन्द्र लाल बैठकमा सहभागी थिए ।