Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपाको सचिवालय बैठक निर्णयः सभापति लामिछानेसँगको परामर्शमै पार्टी अगाडी बढाउने





काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले सभापति रवि लामिछानेसँग निरन्तर परामर्श र संवादमा पार्टीको गतिविधिलाई अघि बढाउने निर्णय गरेको छ । बैठकबारे जानकारी दिँदै संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मूलतः बैठकमा सरकारले ल्याएको अध्यादेशको विषयमा छलफल भएको बताए । ‘सरकारले संसद् अब प्रस्तुत गर्नुपर्ने ६ वटा अध्यादेशमा पार्टीले कसरी धारणा राख्ने भन्ने विषयमा छलफल गर्दा फरक फरक अध्ययन गरेर प्रतिवेदनमाथि साझा धारणा बनाउने र त्यसैअनुरूप सदनमा उपस्थित हुने निर्णय भयो‚’ उनले भने ।
बैठकले पार्टीभित्र परेका उजुरीहरूलाई अनुशासन आयोगले हेर्ने निर्णय गरेको छ । यस्तै सातै प्रदेशमा गएर पार्टीले त्यहाँका उद्योगी तथा अभियन्ताहरूसँग संवाद गर्ने र उनीहरूको धारणा सुन्ने मात्र नभई सङ्गठन विस्तारको विषयमा पनि काम गर्ने निर्णय गरेको छ ।
‘सात प्रदेशका सचिवालय समितिमा रहेका साथीहरूको नेतृत्वमा सांसद र केन्द्रीय सदस्यको टोली जाने र सातै प्रदेशमा गएर उद्योगी अभियन्ताहरूसँग संवाद गर्ने तथा सङ्गठनमा भित्रको अन्यौलता अन्त्य गर्ने काम गर्ने निर्णय पनि भयो‚’ उनले भने । श्रेष्ठका अनुसार समितिबाट फागुनभित्र उक्त कार्य हुनेछ । ‘म मधेस जान्छु । यस्तै अन्य साथीहरू अन्य प्रदेश जानुहुनेछ‚’ उनले भने ।