Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बारामा छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु, दुई घाइते





बारा ।
बारामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आइतबार बाराको आदर्शकोतवाल गाउँपालिका–६ लौकाहा नजिक बी.आर. ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ च ६७८८ नम्बरको पिकअपले ठक्कर दिंदा भारत बिहारको बैरगनिया निवासी २५ वर्षीय आदित्यकुमार पाठकको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते पाठकको उपचारकालागि कलैयास्थित प्रादेशिक अस्पतालमा राति १० बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
मोटरसाइकलमा पछाडि सवार रौतहट गौर नगरपालिका–१ का २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन् । उनको टाउको, हात र पेटमा चोट लागेको छ । हाल उनी वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बाराको कलैया उपमहानगरपालिका–४ नेपाल बैंक अगाडि ना४ख ४१८६ नम्बरको तेल ट्याङ्करले ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार रौतहट बृन्दावन नगरपालिका–३ निवासी ४० वर्षीया बबिता ठाकुरको मृत्यु भएको डिएसपी सापकोटाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते ठाकुरको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको हो । उक्त मोटरसाइकलमा सवार उनकी १० वर्षीय छोरी मोनी ठाकुर घाइते भएकी छन् । दुर्घटनामा संलग्न तेल ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।