

बारा ।
बाराको इलाका प्रहरी कार्यालय सिमराको प्रहरी हिरासतबाट फरार थुनुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आइतबार अबेर साँझ सिमराबाट नियन्त्रणमा लिएको हो
बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले हिरासतबाट फरार थुनुवा महेश चौधरीलाई नियन्त्रणमा लिइएको बताए । चौधरी अभद्र मुद्दाको अनुसन्धानको क्रममा माघ ९ गतेदेखी प्रहरी हिरासतमा थिए । फोहोर फ्याँक्न निस्किने क्रममा चौधरी फरार भएको बताइएको छ ।
