

काठमाडौं ।
सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ६० हजार ४ सय रुपैयाँ थियो । चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १८५० मा झरेको छ ।
