Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विद्यावारिधिको मापदण्ड पालना नगरेका भारतीय विश्वविद्यालयमा विद्यार्थी भर्ना गर्न रोक

सोही आधारमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले अर्को सूचना जारी नभएसम्मका लागि ती विश्वविद्यालयका समकक्षता स्थगन गरेको जनाएको छ





काठमाडौ ।

भारतीय विश्वविद्यालय अनुदान आयोगले केही भारतीय विश्वविद्यालयमा विद्यावारिधिका तहको भर्नामा रोक लगाएको छ । विद्यावारिधिको मापदण्ड पालना नगरेको भन्दै आयोगले विद्यावारिधि तहको भर्ना पाँच वर्षसम्मका लागि रोक लगाएको हो ।

आयोगले एक सूचना जारी गर्दै ओपीजेएस विश्वविद्यालय, चुरु, राजस्थान, इण्डिया, सनराईज विश्वविद्यालय, अलवार राजस्थान, सिंहानिया विश्वविद्यालय र राजस्थानहरूले विद्यावारिधि तहमा विद्यावारिधिको मापदण्ड पालना नगरेको भन्दै विद्यार्थी भर्नामा रोक लगाएको हो ।

आयोगले सन् २०२५ जनवरी ९ र १६ तारिखमा सूचना जारी गर्दै ओपीजेएस् विश्वविद्यालय, चुरु, राजस्थानबाट विगत तीन वर्षका शैक्षिक उपाधि छानबिन गरिरहेको र नयाँ भर्ना गर्न रो लगाएको जनाएको हो । त्यस्तै अन्य विश्वविद्यालयहरूले समेत विद्यावारिधि तहमा विद्यावारिधिको मापदण्ड पालना नगरेको भन्दै ती विश्वविद्यालयमा विद्यावारिधि तहको भर्ना पाँच वर्षको लागि रोक लगाएको हो ।

सोही आधारमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले अर्को सूचना जारी नभएसम्मका लागि ती विश्वविद्यालयका समकक्षता स्थगन गरेको जनाएको छ ।

ती विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिएकाको हकमा भारतीय विश्वविद्यालय अनुदान आयोगको स्वीकृति नभएका विद्यावारिधि उपाधिको समकक्षता अर्को सूचना जारी नभएसम्म स्थगन गर्ने निर्णय गरिएको केन्द्रका कार्यकारी निर्देशक प्राडा पारशनाथ यादवले जानकारी दिए ।

भारतीय विश्वविद्यालय अनुदान आयोगले मान्यता दिएका उपाधिको हकमा मात्रै समकक्षता दिइने उनले बताए ।