Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अभिषेक लिन गएपछि घर फर्किइन् ऐश्वर्या





बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चनको सम्बन्ध विच्छेदको खबर लामो समयसम्म चर्चाको विषय बन्यो। यसैबीच उनीहरू छोरी आराध्याको विद्यालय कार्यक्रम र एक वेडिङ रिसेप्शनमा एकसाथ देखिए।

अभिषेक र ऐश्वर्याले नयाँ वर्ष एकसाथ मनाए। हालै ऐश्वर्या आफ्नो घर मुम्बई फर्किएकी छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार अभिषेक लिन गएपछि ऐश्वर्या घर फर्किएकी हुन्। यसअघि ऐश्वर्या आफ्नी आमाको घरमा बसिरहेकी थिइन्।

अभिषेक र ऐश्वर्याले पहिलो पटक फिल्म ‘ढाई अक्षर प्रेम के’ काम गरेका थिए। त्यसपछि ‘कुछ ना कहो’, ‘उमरावों जान’, ‘बन्टी और बब्ली’ र ‘धूम २’ मा उनीहरूले सँगै काम गरे।

त्यसपछि फिल्म ‘गुरू’ मा काम गर्दागर्दै अभिषेक बच्चन ऐश्वर्याको प्रेममा परे। यस फिल्मको प्रमोशन सकिएपछि अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव राखे। ऐश्वर्याले उनको प्रेम प्रस्ताव स्वीकार गरेपछि दुवैले विवाह गरेका थिए। उनीहरूको विवाह सन् २००७ मा भएको थियो।