

जनकपुरधाम ।
जनकपुरधामको रामलाल लक्ष्मी फर्निचर उद्योगमा आगलागी भएको छ । सो आगलागीले उद्योगको हजारो रुपैयाको फर्निचरहरु जलेर नष्ट भएको छ । शरदा एकेडमीको अगाडीमा रहेको सो उद्योगमा आगलागी पछि घटनास्थलमा अहिले बारुणयन्त्र पुगेको छ । बारुणयन्त्र पुगेपछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

