Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

३ जिल्लाको वनमा डढेलो, १५ जिल्लामा आगलागी

धनुषा, सिरहा र पर्सामा पनि आगलगीका घटना





काठमाडौं ।
हिउँद सुक्खा हुँदा आगलागीका घटना बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २४ घण्टाको अवधिमा १५ जिल्लामा आगलागीका घटना भएका छन् । तीन जिल्लाका वनमा डढेलो लागेको रेकर्ड छ ।
सोलुखुम्बु, भोजपुर र काभ्रेमा डढेलो लागेको छ । काभ्रेको बेथानचोक गाउँपालिका ३ को नाराणस्थान सामुदायिक वन र जनजागृती सामुदायिक वन तथा वडा नम्बर ५ को चिसापानी सामुदायिक वनमा लागेको डढेलो फैलिँदै गएको छ । खानीखोलातर्फको डढेलो भने हेलिकोप्टरको सहायतामा नियन्त्रणमा आएको थियो ।
भोजपुर नगरपालिका ३ को भालुखोप सामुदायिक वनमा लोको आगो भने निभाउने प्रयास भइरहेको छ ।
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका ४ को सुर्केस्थित एक निजी जंगलमा लागेको आगो भने नगर प्रहरी, विमानस्थल सुरक्षा गार्ड फाप्लु र स्थानीय मिलेर निभाएका छन् ।
विपद् प्राधिकरणको रेकर्ड अनुसार बाजुरा, सल्यान, दैलेख, पाल्पा, रुपन्देही, बाग्लुङ, काभ्रे, मकवानपुर, पर्सा, धनुषा, सिरहा, सुनसरी, सोलुखुम्बु, तेह्रथुम र मोरङमा आगलागीका घटना भएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
डढेलो खासगरी गर्मी र सुख्खा समयमा बढी लाग्ने गर्दछ । मंसिरदेखि मध्य जेठ महिनासम्मको समयावधि सुख्खायामको रूपमा चिनिन्छ । डढेलो मंसिरदेखि प्रारम्भिक रूपमा सुरु हुन्छ र वैशाख महिनाको मध्यतिर चरम हुन्छ । साथै मनसुन सुरु भएपछि कम हुन्छ ।
डढेलो विज्ञ तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माका अनुसार, ७४ प्रतिशत डढेलो मध्य फागुनदेखि मध्य वैशाखको बीचमा लाग्छ । यस्तै ५१ प्रतिशत डढेलो चैतदेखि मध्य वैशाखको बीचमा लाग्ने गर्छ ।
लामो समय पानी नपर्दा सुक्खा हुने र असावधानीका कारण आगलागीका घटना बढी हुने गरेको पाइएको छ । नेपालमा वार्षिक सरदर ३ हजार ९८ वटा डढेलोका घटना हुने र त्यसबाट १ लाख ७२ हजार ४० हेक्टर जंगल मासिने गरेको अनुमान छ । तर आगलागी नियन्त्रणमा सरकारको कदम प्रभावकारी देखिएको छैन ।