Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टिकटक किन्नकालागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विभिन्न व्यक्तिसंग छलफल गर्दै





काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित भिडियो (सर्ट भिडियो) प्लेटमर्फ टिकटक किन्न विभिन्न व्यक्तिसँग छलफल गरिरहेको बताएका छन् ।
“मैले टिकटकबारे धेरै मानिससँग कुरा गरेको छु र यसमा धेरैको चासो छ,” ट्रम्पले शनिबार पत्रकारहरूसँग भनेका छन् । उनले यसको निर्णय ३० दिनभित्र आउने बताएका छन् । टिकटक किन्न ट्रम्पले ओराकल र अन्य लगानीकर्तालाई संलग्न गराउने तयारी गरेको रोयर्टसले उल्लेख गरेको छ ।
ह्वाइट हाउसले गरिरहेको सम्झौताअनुसार टिकटकको मुख्य कम्पनी बाइट डान्सले पनि यसमा सेयर पाउनेछ । तर टिकटकको डाटा संकलन, सफ्टवेयर अपडेटजस्ता काम ओराकलले गर्नेछ । ट्रम्पले भने ओराकलसँग सम्झौता नभएको टिप्पणी गरेका छन् ।