Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिक्षामा सुधार ल्याउन विद्यालय व्यवस्थापन समिति हटाइनु पर्छः मुख्यमन्त्री सिंह





जनकपुरधाम ।
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले देशको शिक्षा सुधारकालागि विद्यालयहरुबाट विद्यालय व्यवस्थापन समिति हटाउनु आवश्यक रहेको बताएका छन् । प्रधानाध्यापकहरुको संगठन प्रिन्सिपल एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले विद्यालय व्यवस्थापन समितिका कारण विद्यालयमा समेत राजनीति हुने गरेको र यसले शैक्षिक गुणस्तरियता खस्किरहेको बताए । उनले विद्यालय व्वस्थापन समितिकै कारण आसेपासेलाई, नातागोतालाई शिक्षकमा भर्ती हुने गरेको र यसले गुणस्तरीय शिक्षकको विद्यालयहरुमा भर्ती हुन नसकिरहेको आरोप समेत लगाए । यसकालागि प्रधानाध्यापकहरु स्वयं जिम्मेबार रहेको बताए । त्यसैले यो परिपार्टी सुधार गर्न विद्यालय व्यवस्थापन हटाउनु आवश्यक रहेको उनले बताए ।
मुख्यमन्त्री सिंहले सबै क्षेत्रमा मासिक तलब प्राप्त हुन्छ तर शिक्षकहरुलाई ४ महिनामा तलब किन भन्दै प्रश्न गरे । उनले शिक्षकहरुले समेत मासिक रुपमै उपलब्ध गराउनु पर्छ बताए ।
मुख्यमन्त्री सिंहले विकसित मुलुकहरुमा शिक्षकहरुको उच्च सम्मान हुन्छ तर हाम्रो जस्तो देशमा त्यस्तो अवस्था छैन । उनले भने ‘शिक्षकहरुलाई प्रमुख जिल्ला अधिकारीभन्दा माथी किन नराख्ने ?’
मुलुकको शिक्षा सुधार्नकालालिग विद्यालय तहबाटै शिक्षाको अवस्था मजबुत बनाउनु आवश्यक रहेकाले त्यस तर्फ ध्यान पुर्याउन संघ तथा स्थानीय सरकारलाई मुख्यमन्त्री सिंहले आग्रह गरे ।