Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

१७ एसपीको सरुवा





 काठमाडौं ।

प्रहरी प्रधान कार्यालय, नक्सालले १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले १७ जना एसपीको सरुवा गरेका हुन् । आईजीपीस्तरीय निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी कुमोध ढुंगेलको नेपाल प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा, नक्सालमा सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साको जिम्मेवारी मानव बेचविखन अनुसन्धान ब्युरो अनुसन्धान व्यवस्थापन शाखामा कार्यरत एसपी गौतम मिश्रले पाएका छन् ।

यस्तै, जिल्ला प्रहरी परिसर, ललितपुरमा कार्यरत एसपी नवरत्न पौडेलको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, प्रहरी शाखा, पुल्चोकमा र काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा कार्यरत एसपी नरहरि रेग्मीको जिल्ला प्रहरी परिसर, ललितपुरमा सरुवा भएको छ ।

यसैगरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा कार्यरत एसपी अपिल राज बोहराको जिल्ला प्रहरी परिसर, काठमाडौंमा सरुवा भएको छ ।