Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अभिनेत्री ममता कुलकर्णी महामण्डलेश्वर बनिन्





बलिउड अभिनेत्री ममता कुलकर्णीलाई किन्नर अखडाले महामण्डलेश्वर बनाएको छ। उनले संगममा पिण्ड दान गरेकी छन्। अब उनलाई “ममता नन्द गिरी” भनिनेछ। उनको पट्टाभिषेक बाँकी छ।

महाकुम्भमा शुक्रबार उनले आचार्य लक्ष्मीनारायण त्रिपाठीसँग छलफल गरिन्, आशीर्वाद लिइन्। त्यसपछि अखिल भारतीय अखडाका अध्यक्ष रविन्द्र पुरीसँग भेट गरेपछि उनको महामण्डलेश्वर बन्ने प्रक्रिया सुरु भयो।

ममता कुलकर्णीले धर्मबारे धारणा राखिन् र महाकुम्भको अनुभवलाई यादगार क्षण बताइन्। उनको साध्वी रूपमा देखिएको थियो, केशरमा रङ्गिएकी थिइन् र रुद्राक्ष मोती लगाएकी थिइन्।

उनले शाहरुख खान, सलमान खान जस्ता स्टारसँग काम गरेकी थिइन्। सन् १९९३ मा विवादास्पद फोटोसुट गरेकी थिइन्। ‘चाइना गेट’ फिल्ममा काम गर्दा उनलाई निकाल्ने कोसिस भयो, तर अन्डरवर्ल्डको दबाबले फिल्ममा राखियो, जुन फ्लप भयो। उनले निर्देशकमाथि यौन उत्पीडनको आरोप पनि लगाइन्।

सन् २००२ मा ड्रग माफिया विक्की गोस्वामीसँग विवाह गरिन्। २०१६ मा तस्करी मुद्दामा पक्राउ परिन्, जसलाई उनले षड्यन्त्र भनेकी थिइन्।