Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतीय सेनाको हतियार कारखानामा विस्फोट, कम्तीमा ८ जनाको मृत्यु





मुम्बई ।

भारतको महाराष्ट्र राज्यमा सेनाको हतियार कारखानामा विस्फोट भएको छ । भण्डारा भन्ने ठाउँमा रहेको हतियार कारखानामा शुक्रबार बिहान स्थानीय समयअनुसार करिब १०ः ३० बजे विस्फोट भएको हो । ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

विस्फोटको आवाज पाँच किलोमिटर टाढासम्म सुनिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । के कारणले विस्फोट भयो भन्नेबारे प्रस्ट भइसकेको छैन ।

विस्फोटबाट हतियार कारखानाको एउटा छत भत्किएको र जेसीबीको मद्दतमा भग्नावशेष पन्छाउने काम भइरहेको अधिकारीहरूले जनाएका छन् ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भत्किएको छतले पुरिएर १३–१४ जना फसेको जानकारी पाएको बताएका छन् । यो कारखानामा भारतीय सेनाका लागि आवश्यक विभिन्न हतियार तथा विस्फोटक पदार्थ निर्माण हुँदै आएको छ ।