

जनकपुरधाम ।
चिसोका कारण जनजीवन प्रभावित भएपछि जनकपुरधाम उपमहानगरपालिकाका विद्यालयहरु ३ दिनकालागि बन्द गरिएको छ । चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भएकाले जनकपुरधाम उपमहानगरले एक सूचना जारी गर्दै माघ ११ गतेदेखि माघ १३ गतेसम्मकालागि उपमहानगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको हो ।
विगत केही सातादेखि बढेको चिसोका कारण मधेसको जनजीवन प्रभावित हुँदै गईरहेको छ । बाक्लो कुहिरोसँगै शितलहर बढेपछि मधेसको राजधानी जनकपुरधाम सहितको जनजीवन प्रभावित बनेको हो ।
शितलहरसँगै चिसो हावाका कारणले जाडो अत्यधिक मात्रामा बढेको छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने विषयलाई ध्यानमा राखेर प्रशासनिक बाहेकका सम्पूर्ण काम विद्यालयहरुमा बन्द राख्न भनिएको छ ।
