Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दुई बुँदे सहमतिपश्चात एक महिनापछि खुल्यो कटहरिया नगरपालिकाको ताला





रौतहट ।
नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरूले गरेको कटहरिया नगरपालिकाको तालाबन्दी १ महिना पछि खुलेको छ ।
मेयर अजय प्रकाश जैसवाल र उपमेयर रिता देवी यादवसहित वडा अध्यक्षहरूबिच दुई बुँदे सहमतिपछि बिहीबार साँझ ३१ औँ दिनमा तालाबन्दी खुलेको हो । रौतहटका सीडीयो हिरालाल रेग्मीको पहलमा स्थानीय प्रशासनले सहजकर्ताको भूमिका निर्वाह गरेपछि सहमति जुटेको हो ।
मेयर जैसवालका समर्थकले नगरपालिकाको ताला खोल्ने तथा उपमेयर सहित असन्तुष्ट वडा अध्यक्षहरुको समर्थकले खोल्न नदिने भन्दै बिहीबार दिउँसो आमने सामने हुँदा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।
घटनाको सुइँको पाएर कटहरिया नगरपालिका कार्यालय वरपर बिहानैदेखि जम्मा भएका नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले अवस्था साम्य बनाएपछि दुईपक्षीय छलफल सुरु भएको थियो । यस अघि मेयर मेयर जैसवालको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले गलत तरिकाले मिति २०८१ मङ्सिर २० गतेको नगर कार्यपालिका बोर्डको बैठकले गरेको भन्दै लेखेको सम्पूर्ण निर्णय तत्काल कार्यान्वयन नगर्ने, अब आउने प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा हुने पहिलो बैठकमा पेस गरी अनुमोदन हुने बुँदाहरू मात्र कार्यान्वयन गर्ने सहमति भएको थियो ।