Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मुखियापट्टी मुसहरनियाका अध्यक्ष विरुद्ध विभिन्न राजनीतिक दल, नेताहरुले भने – अध्यक्ष जयकुमार काम होइन पैसा कमाउने काजमा मात्रै लागेको





जनकपुरधाम ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवको विरोधमा विभिन्न राजनीतिक दल अहिले आन्दोलनमा ओर्लेका छन् । नेताहरुले भने – अध्यक्ष जयकुमार यादव काम होइन पैसा कमाउने काजमा मात्रै लागेको छ ।


नेपाली कांग्रेसका गाउँ कमिटीका सभापति संजित यादवले जयकुमारको कामकाजको छानबीन हुनु पर्ने मांग गर्नु भएको छ । उहाँले भन्नुभयो – जताबाट पैसा आउनु पर्छ यसकै खोजीमा अध्यक्षजी देखिनुहुन्छ ।
बर्थिग सेन्टरलाई लिएर मुखियापट्टीमा निकै विवाद भइरहेको छ । यसअघिका अध्यक्षको कार्यकालमा बनाइएको बर्थिगं सेन्टर वर्तमान अध्यक्ष जयकुमार हटाउन चाहन्छन् यसैलाई लिएर विवाद उत्पन्न भएको छ ।
माओवादी पार्टीका गाउँपालिका अध्यक्ष महेश यादवले जुन ठाउँमा बर्थिगं सेन्टर अहिले छ त्यसलाई नै सुविधा सम्पन्न बनाउनु पर्छ कसैले हटाउन चाहिओ भने जनता प्रतिवाद गर्न तैयार रहेको बताउनुभयो ।
वडा नम्बर २ का वडाध्यक्ष नरेश यादवले शिक्षा, स्वास्थ्य, कृषि सबै क्षेत्रमा गाउँपालिका पछाडी परेको र यसको दोष गाउँपालिकाको अध्यक्ष रहेको आरोप लगाउनुभयो ।
एमालेका गाउँपालिकाका अध्यक्ष सुशिल यादवले अनुसन्धान गर्ने एजेन्सीले सो गाउँपालिकामा आउनुपर्छ त्यहाँ ठाउँ–ठाउँमा भ्रष्टाचार भएको सहजै देख्न सकिन्छ आरोप लगाउनुभयो ।
गाउँपालिकामा के कस्तो समस्या रहेको यससम्बन्धमा उहाँहरुले धेरै कुरो राख्नु भयो । नेताहरुसँग सम्पूर्ण कुराकानी मोडेल खबरको पोडकाष्ट चैनलमा हेर्न सकिन्छ । https://www.youtube.com/@ModelKhabar पोडकास्टमा शुक्रवार हेर्न सकिन्छ ।