Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

‘गजेन्द्र बाबु’ जसले देखेका थिए संघियताको सपना





जनकपुरधाम ।
मुलुकमा संघियता छ । जस अन्तर्गत देशले ७ वटा प्रदेशहरु पाएका छन् । देशमा संघियता होस भन्ने पहिलो पटक आवाज उठाउनेहरु मध्येका नेता थिए गजेन्द्रनारायण सिंह । उनै नेता गजेन्द्रनारायण सिंहको २३औँ पूण्य तिथि आज मनाइदै छ । आजभन्दा २३वर्ष अगाडी २०५८ साल माघ १० गते उनको निधन भएको थियो ।
मधेशको हकअधिकारका लागि आवाज उठाउने नेता सिंहको निधन भएको २ दशक बितेपनि उनले उठाएका एजेण्डालाई लिएर कयौँ पार्टीहरु अहिले राजनीति गरिरहेका छन् । यद्यपि कांग्रेसबाट अलग्गिएर सिंहले गठन गरेको मधेश केन्द्रित दल नेपाल सद्भावना पार्टी भने अहिले अस्तित्वमै छैन । केही वर्ष अगाडी मात्रै रामकुमार महतोले नेपाल सदभावना पार्टी नामले नै पार्टी दर्ता गराएर त्यसलाई ब्युँताए । तर त्यो पार्टी पनि अहिले विवादमै छ ।
बच्चैदेखि राजनीति प्रति चेत रहेको सिंहले नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको हातबाट सदस्यता लिएर नेपाली कांग्रेसको विद्यार्थी राजनीति शुरु गरेका थिए । भट्टराई कुनौली क्याम्पसको ईन्चार्ज रहेको समयमा उनको हातबाट सदस्यता लिएका थिए । उनले २००७ सालको जनक्रान्तिमा समेत योगदान पुर्याएका थिए ।
निरंकुश राणा शासन बिरुद्ध देशभरी ठाउँ ठाउँमा प्रदर्शन चलिरहेको थियो । सोही क्रममा सप्तरीको राजविराजमा कफर््यु लागेको थियो । उनी कुशेश्वर पाठक, महेन्द्र मुखिया लगायतका नेताहरुका साथमा कफर््युको अवज्ञा गर्दै राणा शासन बिरुद्ध नारावाजी गरिरहेका थिए । सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेर राजविराज जेल पुर्याएको थियो । सिंहको जीवनको पहिलो जेल यात्रा यही नै थियो ।
राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर पंचायती व्यवस्था लागु गरे । बि.सं. २०१७ सालदेखि २०३६ सालसम्ममा ११ वर्ष निर्वासित जीवन बिताए । यो अवधिमा उनले पटक पटक गरी ७ वर्ष जेलमा समेत रहे ।
तर सिंह त्यती बेला चर्चामा आए जब उनले पार्टी भित्रै मधेशको अधिकारका लागि आवाज उठाउन थाले । देशमा संघियताका लागि आवाज उठाउन शुरु गरेका थिए । उनले गरेको संघिय नेपालको परिकल्पना पूरा भएको छ । नागरिकता समस्या हल गर्ने दिशामा अहिले पनि आवाज उठि नै रहेको छ । हिन्दी भाषालाई नेपाली भाषको समकक्ष उभ्याउने् उनको माग थियो जुन उनको माग अहिलेसम्म पूरा भएको छैन ।
को हुन गजेन्द्र नारायण सिंह ?
सप्तरीको कोइलाडीमा बि.सं. १९८२मा एक सम्पन्न परिवारमा गजेन्द्र नारायण सिंहको जन्म भएको थियो । सिंहले भारतको उत्तरप्रदेशस्थित बनाररसबाट प्रविणता तह उतीर्ण गरेका थिए । सिंहलाई प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, मधेश आन्दोलनका प्रणेता, मधेशका मसिहा आदि उपनाम समेत दिने गरिन्छ । उनी संगै काम गरेका नेताहरु उनलाई ‘गजेन्द्र बाबु’ भनेर सम्बोधन गर्छन् ।
तल्लो तहबाट राजनीति सुरु गरेका सिंह कांग्रेसको केन्द्रीय सदस्यसम्म पुगेका थिए । मधेशविरुद्धको विभेद समाप्त गर्न भन्दै सिंहले कांग्रेस केन्द्रीय समितिमा विशेष प्रस्ताव दर्ता गराएका थिए । तर, सिंहलाई उक्त प्रस्ताव फिर्ता लिन बाध्य पारिएको थियो । सोही कारण सिंहले २०३४ सालमा पार्टी नै परित्याग गरे ।
आफ्नो मुद्दाप्रति अडिग रहेका सिंह पार्टी छोडेर नेपाल सद्भावना परिषद गठन गरेर भूमिगत राजनीति शुरु गर्दै मधेशका अधिकारका लागि विद्रोह शुरु गरे । उनले परिषदकै माध्यमले बाबा रामजन्म तिवारी र रघुनाथ ठाकुरको मधेश विचारधारालाई विस्तारित गर्ने काम गरे । २०६३ सालको मधेश विद्रोहको आधार सिंहकै कालमा बनेको बताइन्छ । मधेश विद्रोहबाटै मुलुक संघीयतामा गएको हो । मुलुकलाई संघीयतामा लैजान धेरैले होस्टेमा हैंसे गरे । तरपनि संघीय आन्दोलनलाई मूल बाटोमा ल्याउने र अनेक अवरोधसँग जुध्दै निरन्तर धक्का लगाउँदै गतिशील बनाउने काम सिंहले गरेका हुन् ।
२०४७ सालमा प्रजातन्त्रको पुनर्बहालीपछि मधेशको अधिकारका लागि खुलेर बोल्न उनी शुरु गरे । सो क्रममा कयौँ पटक प्रहरीबाट उनी कुटाईसम्म खाए । यसै क्रममा उनी राजधानी काठमाडौंमा दुई पटक अनशन बसे, मेची काली यात्रा गरे र पटक पटक आन्दोलन गरेका थिए ।
सिंह पहिलोपटक अनशन बसेको बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको तर्फबाट गृहमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरी नेपाल सद्भावना पार्टीसँग गरेको सम्झौता नै मधेश आन्दोलनसँग गरिएको पहिलो सम्झौता मानिन्छ ।
सिंहको योगदान देश र मधेश दुवैका लागि रह्यो । उनले मधेशी र पहाडका जनजाति तथा दलितको उत्पीडनको सवाल त्यति बेला उठाएका थिए, जतिबेला यस प्रकारका आवाज उठाउनेहरूलाई राज्यले आतंककारी, साम्प्रदायिकता भड्काउने भन्दै हेयको दृष्टिले देख्ने गथ्र्यो ।