Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इंगलैण्डबिरुद्धको पहिलो टि२०मा भारत ७ विकेटले विजयी





एजेन्सी ।
इंगलैण्डबिरुद्धको ५ टि२० मैचको श्रृंखलाको पहिलो टि२० मैचमा भारत ७ विकेटले विजयी भएको छ । इंगलैण्डले दिएको १ सय ३३ रनको लक्ष्य ३ विकेटको क्षतिमा पूरा गर्दै भारत विजयी भएको हो । भारतको जीतमा अभिशेष शर्माले ७९ रनको आक्रामक पारी खेलेका थिए । त्यस्तै सन्जु सैमसन २६ तथा तिलक वर्माले १९ रनको योगदान गरे ।
इंगलैण्डका लागि जोफ्रा आर्चर २ तथा आदिल रशिदले १ विकेट लिन सफल भए ।
यस अघि पहिले ब्याटिङ्ग गरेको इंगलैण्डले वस बटलरको ६८ रनको पारीको सहयोगमा निर्धारित २० ओभरमा १ सय ३२ रनमा समेटिएको थियो ।
इंगलैण्डलाई सस्तैमा समेट्न वरुण चक्रवर्तीले ३, अर्शदीप सिंह, हार्दिक पाण्ड्या तथा अक्षर पटेलले २÷२ विकेट लिएका थिए ।