Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको पचौरा स्टेशनमा ट्रेनले ट्रयाक छोड्दा १३ को मृत्यु, ५० बढी घाइते





मुम्बइ।

भारत महाराष्ट्रको जलगाउँस्थित पचौरा रेलवे स्टेशननजिक भएको दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।

लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाहका कारण यात्रुहरू ट्रेनबाटी फाल हालेपछि घटना भएको थियो ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार पुष्पकल एक्सप्रेसको बी ४ बोगीमा विजुली सर्ट भएको थियो । त्यसलाई ट्रेनमा आगो लागेको भन्ने ठानेर केही यात्रुले ट्रेनलाई आकस्मिक रूपमा रोक्न चेन तानेका थिए । लगत्तै ट्रेन ट्र्याकबाट बाहिरिएको थियो ।

यसबीच यात्रुहरू ट्रेनबाटै हाम फालेकाले क्षति पुगेको अधिकारीहरूले बताएका छन् । उनीहरू हामफालेको तर्फ पनि अर्को ट्र्याक थियो । जहाँ अर्कोतर्फबाट कर्नाटक एक्सप्रेस आइरहेको थियो ।