Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत

सदस्यमा धनुषाका मेघनाथ यादव पनि





काठमाडौ।

नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् । विभागको प्रमुखमा कृष्णचन्द्र नेपाली रहेका छन् ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् । मनोनयन हुने सदस्यहरूमा कृष्णबहादुर के.सी. (कास्की), सुमित्रा खनाल (नवलपुर), विजय भुसाल (चितवन), राधेश्याम पाठक (नवलपरासी), ब्रह्मप्रकाश रौनियार (सुनसरी), मेघनाथ यादव (धनुषा), झनकराज तिमिल्सिना (कैलाली), भीमबहादुर शाही, (कालिकोट), जीतबहादुर लामा (काभ्रेपलाञ्चोक) र सन्तोष कोइराला परियार (नवलपुर) रहेका छन् ।