Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महिला प्रदेशसभा सदस्यहरुको गुनासोः हामीसँग सदन बाहिर र सदन भित्रै दूबै ठाउँमा विभेद हुन्छ





जनकपुरधाम ।
मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो पोखेका छन् । लैङिक सम्वेदनशिल संसदीय रिपोर्टिङ्ग सम्बन्धी ३ दिवसीय कार्यशालाको समापन कार्यक्रमको क्रममा महिला प्रदेशसभा सदस्यहरुले सदन बाहिर तथा सदनभित्र दुबै स्थानमा आफूहरुमाथी विभेद हुने गरेको दुखेसो पोखेका छन् ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशसभाका उपसभामुख बबिता राउत इसरले महिलाहरुको राजनीतिमा उपस्थिति बढेपनि त्यसलाई गुणात्मक उपस्थितिमा बदल्नकालागि संचार जगतको साथ र सहयोग आवश्यक रहेको बताइन् । उनले आफू लामो संघर्ष पश्चात नै राजनीतिमा अवसर पाएको सुनाइन् । यो अवसरलाई आफूले महिलाहरुको हकहितकालागि सदुपयोग गर्ने गरेको समेत सुनाईन् । यसका साथै उपसभामुख राउतले प्रदेशसभा सदस्य शाहिदा खातुनमाथी भएको आक्रमणको विषयमा महिला प्रदेशसभा सदस्यहरुलाई संगै मिलेर आवाज उठाउन आग्रह गरिन् ।
अर्का प्रदेशसभा सदस्य अनिता कुमारी साहले महिला राजनीतिकर्मीले गर्दै आईरहेको काम समाजसम्म पुग्न नसकिरहेकोमा चिन्ता व्यक्त गरिन् । उनले यसकालागि मिडिया नै जिम्मेबार रहेको आरोप लगाउँदै मिडियाकर्मीमाथी नै खनिएकी थिइन् । हामी महिला प्रदेशसभा सदस्यहरुको आवाज सरकारले समेत नसुन्ने गरेको बताइन् ।
प्रदेशसभा सदस्य जिवछी यादवले महिला प्रदेशसभा सदस्यहरुले सरकारलाई दिने सुझावको कुनै सुनुवाई नगर्ने गरेको आरोप लगाइन् । उनले महिला प्रदेशसभा सदस्यहरुलाई बजेट विनियोजन तथा निर्णय प्रकृयामा सहभागिता, महिला राजनीतिकर्मीले उठाउने समस्यालाई गम्भिरतापूर्वक लिन आग्रह गरिन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य शाहिदा खातुनले आफूमाथी भएको आक्रमणको विषयमा जानकारी दिदै सरकारले न्यायकालागि कुनै पहल नगरेको आरोप लगाइन् ।