Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

६ महिनामा सवा ३४ करोडको लिपिस्टिक आयात





काठमाडौं ।
चालु आर्थिक वर्ष (आव)को ६ महिनामा नेपालमा ३४ करोड बढीको लिपिस्टक आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवको ६ महिना अवधिमा नेपालमा ३४ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको लिपिस्टिक आयात भएको हो ।
त्यस्तै सोही अवधिमा ३ करोड ११ लाख ८४ हजार रुपैयाँको नङपालिस, १३ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको आँखाको मेकअप सामग्री र २१ करोड ७३ लाख १३ हजार रुपैयाँको पफ्र्युम तथा ट्वाइलेट वाटर आयात भएको छ ।
सोही अवधिमा अनुहारमा लगाउने क्रिम ६६ करोड १९ लाख ३६ हजार, ३८ करोड ५० लाख २५ हजार र ६५ करोड २१ लाख ९५ हजार रुपैयाँ बराबरको स्याम्फू आयात भएको भएको छ ।