Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्तरीका पत्रकार वैद्यनाथ यादव प्रहरी नियन्त्रणमा





जनकपुरधाम ।
नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व उपाध्यक्ष वैद्यनाथ यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यादवलाई प्रहरीले आज विहानै पक्राउ गरेको हो । यादवले आफुलाई राजनीतिक पुर्वाग्रह राखेर पक्राउ गरिएको बताए । उनले आफूलाई प्रहरीले पक्राउ गरेको पुष्टी गर्दै सामाजिक संजाल फेसवुकमा लेखेका छन्–‘ जनमत पार्टी अध्यक्ष सिके राउत र मुख्यमन्त्री सतिश सिंह ज्युलाई बधाई तथा धन्यवाद । मलाई सप्तरी प्रहरीले नियन्त्रण लियो ।’
पत्रकार यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नी सोनी सिन्धु रानीको सम्वन्ध विच्छेदको प्रकरणमा सोनीलाई सहयोग गर्दै आएका थिए । सोनीले यो कुरा फेसवुक मार्फत सार्वजनिक गरेकी थिईन । सोही प्रकरणमा षडयन्त्र पूर्वक आफुलाई पक्राउ गरिएको यादवले आरोप लगाएका छन् ।
एक साता अगाडी मात्रै जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले मधेश प्रदेशसभामै पत्रकार वैद्यनाथ यादव उपर मुद्दा चलाउनु पर्ने अभिब्यक्ति दिएका थिए । त्यस लगत्तै यादव पक्राउ परेका हुन ।
यद्यपि सप्तरी प्रहरीको प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार वस्नेतले यादव विरुद्ध ठगीसम्वन्धी जाहेरी परेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।