Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एक सिपाही एक घर कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीलाई ३० लाखसम्म ऋण





काठमाडौ ।

सशस्त्र प्रहरी बलले ‘एक सिपाही एक घर’ कार्यक्रमलाई निरन्तरता दिएको छ । सो कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूले ग्लोबल आइएमई बैंकबाट ३० लाखसम्म ऋण पाउने भएका हुन् ।

२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपाने र ग्लोबल आइएमई बैंकका नायव कार्यकारी निर्देशक सुमन पोखरेलले सझौतापत्रमा हस्ताक्षर गरेका छन् ।

संगठनको जमानीमा ५ देखी ३० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्नेगरी ग्लोबल आइएमई बैंकसँग सम्झौता भएको डीआईजी कुमार न्यौपानेले बताए । उनले भने, ‘छोटो अवधिमा जागिर छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले यो कार्यक्रम ल्याएका हौँ ।’

सम्झौता अनुसार सशस्त्रका कर्मचारीले ३० वर्ष अवधिको लागि घर बनाउन ऋण पाउँछन् ।

गतवर्ष सशस्त्रले वाणिज्य बैंकसँग १५ लाखसम्म ऋण लिनेगरी सम्झौता गरेको थियो । वाणिज्य बैंकसँगको सम्झौता पनि निरन्तर रहेको डीआईजी न्यौपानेले जानकारी दिए ।