Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

डेढ महिनापछि खुल्यो त्रिविको केन्द्रीय क्याम्पसमा लगाएको ताला





काठमाडौं ।

त्रिविको कीर्तिपुरस्थिति केन्द्रीय क्याम्पसमा पाँच विद्यार्थी संगठनले लगाएको ताला खुलेको छ । पाँच विद्यार्थी संगठन र क्याम्पसबीच ताला खुलाउने सहमति भएको हो ।

‘आज सहमति भएपछि ताला खुलेको छ । विद्यार्थीले उठाएको विषयको छानबिन गर्न केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने सहमति भएको छ,’ क्याम्पसका प्रोक्टर राजेन्द्र कोइरालाले भने ।

एनपीएलको पहिलो दिन पार्किङबाट अपारदर्शी ढंगले शुल्क उठाएको आरोप लगाउँदै छानबिनको माग राखेर पाँच वटा विद्यार्थी संगठनले २५ मंसिरमा क्याम्पसमा ताला लगाएका थिए ।

अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैठौं, अखिल समाजवादी, नेपाल समाजवादी विद्यार्थी युनियले ताला लगाएका हुन् । सहमतिपछि विद्यार्थीहरूले तला खोलेको बताएका छन् ।

‘उच्चस्तरीय समिति बनाएर छानबिन गर्ने सहमति भएपछि ताला खोलेका हौँ,’ त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष दिनेश ऐरले भने ।